आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कलाकार एवं मोडल निशा घिमिरेको निधन

बिहिबार, भाद्र १७ २०७८

काठमाडौं, भाद्र १६ । नर्भिक अस्पतालमा उपचाररत कलाकार निशा घिमिरेको निधन भएको छ । कलाकार एवं मोडल घिमिरेको आज साँझ निधन भएको नर्भिक अस्पतालले जनाएको छ । लामो समयदेखि उनलाई अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । खाना पनि पाइपबाट खुवाउने गरिएको थियो ।  

गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मिर्गौलाले काम गर्न छाडेपछि आज बिहानदेखि अवस्था गम्भीर भएको थियो ।
अभिनय सिक्न भारत गएकाबेला सडक दुर्घटनामा परि गम्भीर घाइते भएकी घिमिरेलाई आर्थिक अभावका कारण लामो समयसम्म  ललितपुरस्थित घरमै राखिएको थियो ।

घिमिरेलाई गत जेठ २७ गते नर्भिक अस्पतालमा ल्याएर निःशुल्क उपचार थालिएको थियो । उनले नेपाली गीतमा मोडलिङ्ग गर्नुका साथै डियर जिन्दगीसहितका केहि टेलिचलचित्र र भोजपुरी सिनेमामा समेत काम गरेकी थिईन् ।