काठमाडौं, भाद्र १६ । कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट हुने भएको छ । परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलले जानकारी दिए ।
यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित गरिएको परीक्षा आउँदो ३० गतेदेखि सुरु हुने भएको हो । यसअघिकै निर्णय अनुसार होम सेन्टरबाटै परिक्षा सञ्चालन हुने छ ।
कक्षा १२ का झन्डै पौने चार लाख विद्यार्थीले परीक्षा दिने छन् ।