आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

गैंडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

बिहिबार, भाद्र १७ २०७८

काठमाडौं भाद्र १६ । पश्चिम चितवनको जगतपुरमा गैँडाको आक्रमणबाट एक  महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ की ३८ वर्षीया सम्झना दराई रहेको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ ।

कार्यालयका अनुसार स्थानीय हरियाली सामुदायिक वनमा घाँस काट्न गएकी दराईलाई आज दिउँसो गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट गम्भीर घाइते दराईको उपचारका क्रममा मृत्यु भएको हो ।