बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

२० वर्षपछि अमेरिकाले आफ्नो मुलुक छाडेकोमा तालिबानद्वारा विजयउत्सव, आतंकवादलाई प्रश्रय नदिन राष्ट्रसंघको चेतावनी

बुधबार, भाद्र १६ २०७८

काठमाडौं, भाद्र १६ । तालिबानले अमेरिकाले आफ्नो मुलुक छोडेको खुसियालीमा उत्सव मनाएका छन् । अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाडेको क्षणलाई उनीहरुले विजय उत्सवका रुपमा मनाएका हुन् ।  

खुसियाली मनाइरहेका तालिबानले विगतका दिनलाई विर्सिएर अमेरिकासहित विश्वका अन्य मुलुकहरुसग राम्रो सम्बन्ध राख्ने पनि बताएका छन् ।

अमेरिकाले अफगानिस्तान छाडेपनि अझै त्यहा बेलायतसहित अन्य मुलुकका धेरै मानिस उद्दारको पर्खाइमा छन् ।

यसैबीच अमेरिकाले अफगानिस्तानसँग नयाँ अध्यायको सम्बन्ध सुरु भएको जनाएको छ । बीस वर्षे मिसन सकेर सबै सैनिक फर्केपछि विदेशमन्त्री एन्टोनी ब्लिंकेनले कुटनीतिक माध्यमबाट अफगानिस्तानसग सम्बन्ध बढाउने उल्लेख गरेका छन् । त्यस्तै उनले अफगानिस्तानबाट फर्किन बाँकी रहेका विदेशीलाई सहायता गर्ने तालिबानको वाचालाई विश्व समुदायले नियालिरहेको बताएका छन् । 

राष्ट्रसंघीय सुरक्षा परिषद बैठकले आतंकवादलाई प्रश्रय नदिन तालिबानलाई स्मरण गराएको छ ।