काठमाडौं, भाद्र १५ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९ स्थित एक घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ । आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उहाँकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको जलेर मृत्यु भएको खुदी प्रहरी चौकीले जनाएको छ ।
आगलागीको कारण नखुलेपनि दुवै जना बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गरेका कारण आगलागी भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
उनीहरु दुबैजना केहि दिन अघि सुधार केन्द्र बसेर घर फर्किएका थिए ।