बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अमेरिकी ड्रोन आक्रमणबाट एकै परिवारका १० जनाको मृत्यु, आतंकवादी ठानेर आक्रमण गरेको वासिङ्गटनको भनाई

मंगलबार, भाद्र १५ २०७८

काठमाडौं, भाद्र १५ । अफगानिस्तानको काबुलमा अमेरिकी ड्रोन आक्रमणमा एकै परिवारका १० जनाको ज्यान गएकोबारे अध्ययन भइरहेको वासिंटनले जनाएको छ ।
मारिनेमा एकजना दुई वर्षे बालिकासहित छ जना बालबालिका समेत भएको बताइएको छ ।  विमानस्थल आक्रमण गर्न आएको भन्ने ठानेर अमेरिकाले आइएसको गाडीलाई लक्षित गरेर आक्रमण गरिएको बताउदै आएको छ ।

काबुल विमानस्थलमा अमेरिकी, बेलायती र अरु केही विदेशी विमानले आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइरहेका छन् । 

गत बिहीबार पनि विमानस्थलको पूर्वी गेटमा भएको आत्मघाती विष्फोटमा परी कम्तीमा १७० अफगान नागरिक र १३ अमेरिकी सैनिक मारिनुका साथै करिब २०० जना घाइते भएका थिए । 

यसैबीच , तालिबानसँग स्थापित गरिने सम्भावित सम्बन्धका विषयमा तारन्तार अन्तर्राष्ट्रिय स्तरका वार्ता आह्वान गरिएका छन् । बेलायती विदेशमन्त्री डोमिनिक राबले जी सेभेन सदस्य राष्ट्का प्रतिनिधिसँग वार्ता गर्न लाग्नुभएको छ । फ्रान्स र बेलायतले अफगानिस्तानबाट थप उद्धार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघमा प्रस्ताव राख्दैछन् ।