आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

उपचारपछि नेता खनाल स्वदेश आईपुगे, कार्यकारी पदमा नबस्ने घोषणा

मंगलबार, भाद्र १५ २०७८

काठमाडौं, भाद्र १४ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल उपचारपछि स्वदेश फर्किएका छन्  । भारतको नयाँ दिल्लीमा रहेको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका खनालको स्वास्थ्यमा सुधार आएसँगै आज स्वदेश फर्किएका हुन् ।

नेता खनाललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । 

त्रिभुवन विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेता खनालले एमाले अध्यक्ष ओलीले   पार्टीलाई दक्षिणपन्थी, अवसरवाद, अहङ्कारवाद र व्यक्तिवादमा लगेकाले विद्रोह गर्नुपरेको बताए ।

खनालले आफू ७० वर्ष नाघिसकेकाले पार्टीमा कार्यकारी भूमिकामा नरहने भन्दै बाकी जीवन देशका लागि समर्पण गर्ने बताए । 
खनाललाई आफ्नै भान्जीले मिर्गौला दान दिएको बताइएको छ । खनालको उपचारमा नेपाल सरकारले आर्थिक सहयोग गरेको छ ।