आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

काठमाडौंका मेयर शाक्यले प्रधानमन्त्री देउवालाई किन चिठी पठाए ?

सोमबार, भाद्र १४ २०७८

काठमाडौं । काठमाण्डौ उपत्यकाको फोहर पछिल्लो केहि हप्ताबाट उठ्न नसक्दा राजधानीसहित अन्य पालिका दुर्गन्धित हुन थालेका छन् ।  महानगरले हात उठाउदै प्रधानमन्त्री शेरवहादुर देउवालाई फोहर व्यवस्थापनका लागि सहजीकरण गरिदिन पत्र पठाएको छ ।

काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्रीलाई चिठी लेख्दै नेपाल सरकारले नुवाकोटको बञ्चरेडाँडामा बनाइरहेको ल्यान्डफिल साइट निर्माण पुरा गरिदिन आग्रह गरेका छन् ।

त्यस्तै उनले  सिसडोलसम्म जाने बाटो खराब भएकाले फोहर बोक्ने गाडी पठाउन नसकेकाले बाटो बनाईदिन माग गरेका छन् ।  

नेपाल सरकारले  बनाउदै गरेको बञ्चरे डाँडा स्यानीटरी ल्यान्डफिल साइटको निर्माणमा भइरहेको ढिलाईले फोहर व्यवस्थापन गर्न नसकेको भन्दै शाक्यले ध्यानाकर्षण गराएका छन् । 

release_Op0hwT4Qjb.jpg