काठमाडौं । धादिङ्गको गजुरी गाउँपालिका–५ बञ्चरेमा एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । पहिरोले ढालेको रुखले छिनाएको तार जोड्ने क्रममा विद्युत् प्राधिकरणको पोलमा विद्युत प्रवाह हुदा उनीहरुलाई करेन्ट लागेको हो ।
करेन्ट लागेर स्याङ्जाका २७ वर्षीय बिमल परियार र पोखरा महानगरपालिकाका २४ वर्षीय उमाकान्त बरालको मृत्यु भएको हो ।
अर्का एकजना घाईते भएका छन् । पोखराकै भुवन बराल घाईते भएका हुन् । घाइतेलाई उपचारको लागि काठमाडौँ ल्याईएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । मृतकको शव परिक्षणकालागि गजुरी अस्पताल लगिएको छ ।