काठमाडौं, भाद्र १४ । दार्चुलाको दुहुँ , बास्पालीका पहिरो खस्दा एक दम्पती बेपत्ता भएका छन् । घर माथि खसेको पहिरोमा परेर बास्पाली भालुखोलामा बस्दै आएका ६५ वर्षिय नर सिंह महर र उनकी ६० वर्षिया श्रीमती कौशिला महर पहिरोमा पुरिएर बेपत्ता भएका हुन् ।
राति सुतिरहेका दुबैजनालाई पहिरोले घर सहित पुरेको हो । घटनास्थलमा प्रहरीको टोलीले खोजी गरिरहेको छ । पुगेर उद्धार गरिरहेको बताइएको छ । त्यस्तै दुहुँकै वडा नम्बर ५ सुत्खोलाका ५० वर्षिय मनुवा डडाल पनि पहिरोमा पुरिएर बेपत्ता भएका छन् । उनको पनि घर पहिरोले पुरिएको छ ।
महाकालीमा पानीको बहाव बढेपछि जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाले नदि किनारमा नजान टतिय क्षेत्रका नागरिकलाई अपिल गरेको छ ।