काठमाडौं भाद्र १४ । आजदेखि झरी पर्ने क्रम कम हुदै जाने मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार हिजो अस्तिजस्तो लगातार झरी पर्ने सम्भावना आज कम छ ।
तर वाग्मती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ । गएराति पनि वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ ।
भोलिदेखि भने मौसम खुल्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताए । मनसुनको अवधि अझै एक महिना बाँकी भएकाले डुबान र पहिरोको जोखिम कायमै छ ।
लगातारको वर्षाले नारायणी नदीको देवघाटमा बाढीले खतराको सतह पार गरेको छ ।