आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

काठमाण्डौँ छिर्ने नाका मै पहिरो, राजधानी भित्रिने बाहिरीने सवारी ठप्प

आइतबार, भाद्र १३ २०७८

काठमाडाैँ l पहिरो खसेपछि नागढुङ्गा – नौबिसे सडक खण्ड अवरुद्ध भएको छ।

आइतबार बिहान ८ः ४० बजे चन्दागिरि नगरपालिका वडा नम्बर २ चिसापानी धारा नजिकै सडकमा पहिरो खसेपछि दुवैतर्फ बाटो अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक त्रिभूवन थापाले जानकारी दिए।

पहिराेले सडक अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने र भित्रिने सवारी साधनहरु रोकिएका छन्।

अहिले पहिरो पन्छाउने काम सुरु भएको छ।