काठमाडौं, भाद्र १३ । त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । चन्द्रागिरी नगरपालिकाको चिसापानीमा पहिरोले बाटो पुरिदा दुई तर्फी आवागमन नै बन्द भएको हो ।
लगातार पानी परेसगै पहिरो खस्दा काठमाडौं प्रवेशको मुख्य नाका बन्द भएको हो । काठमाडौंको लाइफलाइन मानिएको राजमार्ग ठप्प हुदा हजारौ यात्रुबाहक बस र मालबाहक ट्रकको ताती लागेको छ ।
पहिरोले राजमार्ग बन्द हुदा उपचारका लागि काठमाडौ आएका बिमारीले कष्ट भोग्नु परेको छ । ठूलो पहिरोसँगै रुख पनि खसेकाले पन्छाउन अझै केहिबेर लाग्ने नागढुङ्गा प्रहरी चेकपोस्टले जनाएको छ ।