बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नवलपुरको पहिरोमा हराईरहेका तीन जना अझै भेटिएनन् , खोजी कार्यकालागि थप ५० सुरक्षाकर्मीको टोली पठाईदै

शनिबार, भाद्र १२ २०७८

काठमाडौं, भाद्र १२ । नवलपरासी बर्दघाट सुस्तापूर्व  नवलपुरको हुप्सेकोट गाउँपालिकामा खसेको पहिरोमा परि बेपत्ता भएका तीन जना अझै भेटिएका छैनन् । हिजैदेखि खोजी कार्य जारी रहेपनि उनीहरुको अवस्था अझै अज्ञात छ ।   हुप्सेकोट गाउँपालिका–४ का हर्कबहादुर पुलामीकी श्रीमती धनमाया पुलामी, नातिनीहरू भूमिसार पुलामी र देउमाया पुलामीको अवस्था अहिलेसम्म थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिए ।

उनका अनुसार हिजो  दिनभरि सुरक्षाकर्मी र स्थानीयले खोजी गरे पनि पहिरोमा पुरिएर बेपत्ता भएकालाई फेला पार्न सकिएको छैन ।   सात जना सुरक्षाकर्मीको टोलीले अहिले पनि खोजी कार्य तिब्र पारेको छ ।  प्रहरीले 
बेपत्ताको खोजीका लागि थप प्रहरी परिचालन गर्ने तयारी समेत गरेको छ ।   थप ५० जना सुरक्षाकर्मीको टोली पहिरोमा पुरिएकाको खोजीका लागि पठाउने तयारी भएको मल्लले बताए । 

बिहीवार राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर हुप्सेकोट गाउँपालिका ४ माथिल्लो चार घरेका एकै परिवारका ४ जना बेपत्ता भएका थिए । ती मध्ये हस्तबहादुरको भने स्थानीयले तत्कालै उद्दार गरेका थिए ।