बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अफगानिस्तानमा अमेरिकाको आइएस लक्षित हमला, टार्गेटेड समूह मारिएको दाबी

शनिबार, भाद्र १२ २०७८

काठमाडौं भाद्र १२ । आफ्ना १३ जना सैनिक मारिएको तीन दिन नबित्दै अमेरिकाले आक्रमणकारी आइएस के समूहलाई लक्षित गरेर हवाई हमला गरेको छ । राष्ट्रपति जो बाइडेनको स्विकृतिपछि अमेरिकी सेनाले मानवरहित ड्रोन हमला गरेका हुन् ।

अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन बिल अर्बनले नाङ्गाहार प्रान्तमा मानवरहित हवाई आक्रमण गरेको पुष्टि गरेका छन् । उनका अनुसार नाङ्गाहार प्रान्तमा रहेको सो समूह मारिएका छन् । अर्बनले वक्तव्य जारी गर्दै निसानामा परेका समूह मारिए पनि सर्वसाधारणलाई भने कुनै हानी नपुर्याइएको उल्लेख गरेका छन् ।  

आगामी मंगलबारसम्म काबुलको विमानस्थल कब्जा गरेर त्यहा रहेका नागरिकको उद्दार गरेपछि अमेरिकाले अफगानिस्तान छाड्ने बताउदै आएको थियो । अहिले पनि त्यहा झण्डै ५ हजार अमेरिकी सैनिक तैनाथ रहेको बताइएको छ ।

अफगानिस्ता छोड्दै गर्दा भएको पछिल्लो हवाई हमलाले विमानस्थलमा रहेका हजारौ सर्वसाधारणमाथि थप सुरक्षा चुनौति थपिएको छ । बीबीसी संवाददाता नोमिया इकबालले वासिङ्गटनबाट वाइडेनको कदमले थप जोखिम निम्तनेसक्ने विश्लेषण गरेकी छन् ।