काठमाडौं, भाद्र १२ । जिल्ला प्रहरी कार्यालय चितवनले पछिल्लो ४ दिनमा ८९ जना फरार रहेका आरोपीलाई पक्राउ गरेको छ । प्रहरीको नियन्त्रणमा आएकामध्ये ८१ जना पुरुष र आठ महिला छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार यही भदौ ८ देखि ११ गतेसम्म सञ्चालन गरिएको फरार व्यक्ति पक्राउ अप्रेसनका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चोरी, लागुऔषध, बहुविवाह, वन पैदावर, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्धविच्छेद, सवारी अङ्गभङ्ग, सवारी ज्यानलगायतका मुद्दाका आरोपी हुन् ।
फैसला कार्यान्वयनका लागि सबै आरोपीलाई जिल्ला अदालतमा बुझाइएको थापाले बताए ।