बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लगातारको झरी आज रातीबाट रोकिने, पछिल्लो २४ घण्टामा जनकपुरमा सबैभन्दा धेरै वर्षा

शनिबार, भाद्र १२ २०७८

काठमाडौं, भाद्र १२ । तीनदेखिको जारी वर्षा आज रातीबाट रोकिने मौसमवीदहरुले बताएका छन् ।   केही दिनयता परेको लगातारको झरी आजदेखि केही कम हुँदै जाने मौसमविद् मिनकुमार अर्यालले बताए। आज रातीबाट पानी  पानी पार्ने मनसुनी प्रणाली केही कमजोर हुँदै जाने भएकाले  लगातार झरी पर्ने क्रम पनि कम हुने अर्यालको भनाई छ ।

आज वाग्मती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केहि स्थानमा मेघगर्जनसहित ठूलो पानी पर्ने  छ। लगातार लामो समय जमिन भिजेको हुनाले भिरालो ठाउँमा पहिरो, बाढी र डुबानको जोखिम हुने भएकाले सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अहिले पनि धेरै ठाउँमा पानी परिरहेको छ ।

पछिल्लो समय सबैभन्दा धेरै धनुषामा पानी परेको छ । त्यहा २ सय २३ दशमलव ४ मिलिमिटर पानी पर्दा रुपन्देहीमा १ सय ६१ मिलिमिटर र नवलपुरमा  १ सय ६०  मिलिमिटर पानी परेको विभागले जनाएको छ ।