आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

खोलाले बगाउदा ललितपुरमा एक महिलाको मृत्यु, एक बालिका बेपत्ता

शनिबार, भाद्र १२ २०७८

काठमाडौं, भाद्र १२। ललितपुरको वाग्मती गाउँपालिकाको  गिम्दीस्थित शुभाने खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । एक बालिका बेपत्ता भएकी छिन् ।

खोलाले बगाउदा स्थानीय ४० वर्षीया सञ्जु सिङतानको मृत्यु भएको वडा नम्बर ७ का वडाध्यक्ष  नवराज सञ्जेल बताए । त्यस्तै आठ वर्षीया बालिका बेपत्ता भएकी र उनको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ ।  
उनीहरु दुबै जनालाई हिजो बेलुका खोलाले बगाएको थियो ।