आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बरु पद जाओस्, एमाले छोड्दिन : मुख्यमन्त्री शाक्य

शनिबार, भाद्र १२ २०७८

काठमाडौं, भाद्र १२ । वाग्मती प्रदेशकी मुख्यमन्त्री, अष्टलक्ष्मी शाक्यले, पद जोगाउनकालागि नेकपा एकीकृत समाजवादीमा नजाने बताएकी छन् । शाक्यले सत्तामा टिक्नकै लागि पार्टी परिवर्तन नगर्ने बताएकी हुन् । यसअघि माधव नेपाल समूहमा रहेकी  एमाले उपाध्यक्ष शाक्यले अध्यक्ष केपी ओली विरुद्ध आगो ओकल्दै आउनु भएको थियो । एमालेबाट मूख्य मन्त्री बनेसगै पार्टी एकताको पक्षमा भन्दै शाक्य पछिल्लो समय एमालेमै रहेकी हुन् ।  

बाग्मतीको १ सय ९ सदस्यीय प्रदेशसभामा एमालेको सभामुख सहित ५६ सांसद छन् । तर, आधा दर्जनभन्दा बढी सांसद, नवगठित एकीकृत समाजवादीमा गएपछि   शाक्यको पद धरापमा परिसकेको छ । समाजवादीमा फर्कने हो भने विपक्षी गठबन्धनका तर्फबाट शाक्यको पद जोगिन सक्ने देखिन्छ । तर शाक्यले भने आफुलाई सरकार ढल्छ भन्ने, कुनै चिन्ता नरहको भन्दै मुख्यमन्त्री जोगाउन नेपाल नेतृत्वको समाजवादी पार्टीमा नजाने बताएकी हुन् ।  

यसैबीच
बागमती प्रदेश सरकारले शुक्रबार राति १२ बजेबाट लागु हुनेगरी, प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरेको छ। 
 मुख्यमन्त्री बनेपछि एकपटक पनि संसद नछिरी अष्टलक्ष्मी शाक्यले आठौं अधिवेशन अन्त्य गरेकी हुन् । गत भदौ २ गते  डोरमणि पौडेललाई  राजिनामा दिन लगाएर एमालेले शाक्यलाई मुख्यमन्त्री बनाएको थियो ।