आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मुलुकका अधिकांस क्षेत्रमा वर्षा , भोलिसम्मै मौसम यस्तो रहने

शुक्रबार, भाद्र ११ २०७८

काठमाडौं, भाद्र ११ । देशका अधिकांश भेगमा आज सामान्य देखि पूर्ण बदली रहने भएकाले सचेत रहन आग्रह गरिएको छ । मुलुकका धेरै ठाउहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एकदुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित ठुलो पानी पर्ने सम्भावना छ । 

गएरातिदेखि परेको पानी पर्सीसम्मै जारी रहने मौसमवीद मीनकुमार अर्यालले बताए ।  

अर्यालका अनुसार अहिले  नेपालमा मनसुनी वायुको प्रभाव रहेकाले भदौंमा पनि वर्षा भएको हो। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले सोमबारबाट मात्रै मौसम सफा हुने अर्यालले बताए । तराईका अधिकांस जिल्लामा वर्षा भइरहेकाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ । त्यस्तै यात्रामा निस्कनु अघि  मौसमबारे जानकारी लिन आग्रह गरिएको छ ।