काठमाडौं, भाद्र ११ । अफगानिस्तानको काबुलमा उद्धारको पर्खाइमा रहेका ४२ जना नेपाली सुरक्षित रहेको दिल्लीस्थित नेपाली राजदुतावासले जनाएको छ ।
अफगानिस्तान समेत हेर्ने दिल्लीका लागि नेपाली राजदूत निलाम्बर आचार्यले विमानस्थल नजिकै राखिएका सबै नेपाली सुरक्षित रहेको बताएका छन् । उनले काबुल एयरपोर्ट नजिकै विष्फोट भएकाले त्यसतफ जान जोखिम बढिरहेको उल्लेख गर्दै अहिले सम्म नेपाली नागरिक सुरक्षित रहेको बताए । परराष्ट्र मन्त्रालयले विमानस्थलबाहिर जम्मा भएको भीडका कारण एकीकृत गरिएका सबैलाई विमानसम्म पुरयाउन समेत समस्या भएको उल्लेख गरेको छ । मन्त्रालयका अनुसार विभिन्न तहमा नेपाली नागरिकलाई जाहाजसम्म ल्याउनकालागि समन्वय भइरहेको छ ।
भारतीय वायुसेनाको विमानमार्फत हिजो ११ जना नेपाली नयाँ दिल्ली आइपुगेका छन् ।
सरकारले कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो नामसहितको विवरण दर्ता गर्न अनुरोध गरेको छ ।