आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पार्टी एकताकालागि मुख्य मन्त्री बन्नु परेको आचार्यको भनाई, एमालेबाटै बहुमत पुर्याउने दाबी

बिहिबार, भाद्र १० २०७८

काठमाडौं, भाद्र १० । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पार्टीको एकता सगै मुलुकको  प्राथमिकतामा रहेको संघीयता, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्न आफु मुख्य मन्त्री बन्नु परेको बताएका छन् ।  मुख्यमन्त्रीको शपथग्रहणपछि मुख्यमन्त्री आचार्यले दलीय राजनीतिका साथै पार्टीको आन्तरिक राजनीतिलाई  स्थिरता कायम राख्ने विषयलाई आफूले प्राथमिकतामा राख्ने बताए। मुख्य मन्त्री आचार्यले चाडै मन्त्रीमण्डल विस्तार गर्ने योजना पनि सुनाए ।

उनले आफ्नो सरकारकालागि बहुमत जुटाउने चूनौतिलाई कम नआकेको भन्दै यसकालागि आफु सफल हुने विश्वास व्यक्त गरे । प्रदेश सरकारको बहुमतका लागि ४७ जनाको संख्या आफ्नै पार्टीभित्रबाट पुर्‍याउनेमा  कुनै आशंका नगर्न आग्रह गरे । 
मुख्यमन्त्रीको जिम्मेवारीवहन गरेसँगै उनले कोभिड १९ को अर्कोलहरबाट जनतालाई जोगाउने सरकारको पहिलो प्राथमिकता रहने बताए ।