बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आज एकैदिन ४४ जनाको मृत्यु, परिक्षण गरिएकामध्ये १६ प्रतिशतभन्दा बढीमा संक्रमण

बुधबार, भाद्र ९ २०७८

काठमाडौं, भाद्र ९ । नेपालमा कोरोना सङ्क्रमणका कारण आज थप ४४ जनाको मृत्यु भएको छ  । आज थपिएका ४४ जनासहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार ६ सय १२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा थप दुई हजार चार सय ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ । 
आज नमुना परीक्षण गरिएकामध्ये १६ दशमलव २३ प्रतिशतमा सङ्क्रमण देखिएको छ । आज थपिएकासहित नेपालमा अहिलेसम्म आठ लाख ३४ हजार चार सय ५० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

यही अवधिमा थप एक हजार सात सय ८१ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख तीन हजार नौ सय ६४ पुगेको छ ।

अहिले नेपालमा ३८ हजार दुई सय ८७ जना सक्रिय सङ्क्रमित छन् । ति मध्ये  ६ सय १० जनाको आईसीयू र एक सय ६१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।