आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमालेका ३० सांसद र ५५ केन्द्रीय सदस्यले गरे समाजवादी पार्टीका लागि हस्ताक्षर, केहि महिनामै देशकै ठूलो दल बन्ने उद्घोष

बुधबार, भाद्र ९ २०७८

काठमाडौं, भाद्र ९ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा ५५ केन्द्रीय सदस्य र ३० जना सांसदहरुले सनाखत गरेका छन् । नेकपा एमालेबाट विभाजन भएर गएको सो पार्टीका लागि   उनीहरुले आज निर्वाचन आयोगमा पुगेर  हस्ताक्षर सनाखत गराएका हुन् ।  

आयोगले नेकपा एकीकृत समाजवादी पार्टीमा रहन चाहेको भन्दै निवेदन दिएका चार जना सांसदको सनाखत गर्न भने  अस्वीकार गरेको छ। पार्टी दर्ताका लागि पेश गरेको निवेदनमा नाम र हस्ताक्षर नभएको भन्दै आयोगले शारदा भट्ट, माया ज्ञवाली, सोमप्रसाद पाण्डे र तुलसा थापाको सनाखत गर्न नमानेको हो। दर्ताका लागि दिइएको निवेदनमा हस्ताक्षर नगरेकाहरुलाई आयोगले सनाखतमा सहभागी गराएको छैन ।

यसैबीच
नया पार्टीका नेताहरुले अबको चार महिनामा आफुहरुको पार्टी  देशकै ठूलो दल बन्ने पनि उद्घोष गरेका छन् । नेपालमा रहेका अरु कम्युनिष्ट घटकसँग एकता गरी ठूलो दल बनाउने उनीहरुको दाबी हो ।  हस्ताक्षर सनाखतका लागि लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीलाई अलग अलग स्थान तय गरिएको थियो । सम्बन्धित दललाई छट्टयाएको स्थानमा पुगेर ती दलका नेताहरुले आयोग अधिकारीको रोहबरमा भौतिक रुपमा उपस्थित भई सनाखत गरेका हुन् ।