आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

तत्काल पार्टीको जिम्मेवारी हस्तान्तरण नगर्ने ओलीको आशय, नेपालले आफ्ना नेता अपहरण गरेको आरोप

बुधबार, भाद्र ९ २०७८

काठमाडौं, भाद्र ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालै जिम्मेवारी हस्तान्तरण गर्ने अवस्था आइनसकेको बताएका छन् । आगामी महाधिवेशनसम्म आफुलाई चुनौति दिने नेता पार्टी भित्र नभएकाले आगामी महाधिवेशनसम्म आफु नै पार्टीको नेतृत्वमा रहने बताएका हुन् । विशेष पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले पार्टीमा कोही पनि निर्विकल्प नहुने भन्दै आवश्यक समयमा नेतृत्व हस्तान्तरण गर्न सकिने बताए ।  

ओली पक्षका नेताहरूले पनि आगामी चुनाव र  महाधिवेशन ओलीकै नेतृत्वमा हुने बताउदै आएका छन् ।  
अर्को प्रसंगमा ओलीले आफूले ल्याएको अध्यादेश र अहिलेको अध्यादेशमा  फरक रहेको दाबी गर्दै ओलीले अहिलेको सरकारले माधव नेपालको अनुकुलमा ल्याएको विधेयक ल्याएर पार्टी फुटाउन सजिलो बनाएको टिप्पणी गरे । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नहोस् भन्नका लागि १४ जना सांसदलाई कारबाही गरिएको बताएका छन्। तर सभामुख अग्नि सापकोटाको अलोकतान्त्रिक गतिविधिका कारण विभाजन रोक्न नसकिएको उनको भनाई छ ।  १४ जना सांसदलाई कारबाही भएको सूचना संसद सचिवालयले टाँस गरेको भए एमाले विभाजनका लागि चाहिने प्रतिशत नपुग्ने ओलीको दाबी छ।

ओलीले माधवकुमार नेपालले एमालेका नेता कार्यकर्तालाई अपहरण गरेको आरोप पनि लगाए। रिसोर्टमा नेताहरुलाई थुनेर अपहरणकारी काम भएको उनको भनाई छ ।