बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

महिलालाई घरबाहिर ननिस्कन तालिबानको अपिल, उद्दार कार्य रोक्न अमेरिकालाई चेतावनी

बुधबार, भाद्र ९ २०७८

काठमाडौं, भाद्र ९ । तालिबानले बिभिन्न पेशा र ब्यबसायमा आवद्ध महिलाहरुलाई  कामका लागि घर बाहिर ननिस्कन निर्देशन दिएको छ ।

तालीवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन गरी महिलाहरुको सुरक्षा सुनिश्चत नभएसम्म घर बाहिर ननिस्कन निर्देशन दिएका हुन् । संयुक्त राष्ट्रसंघले हालै अफगानिस्तानको पछिल्लो स्थितीको बिश्लेषण गरी त्यहाँका महिलाहरु असुरक्षित रहेको बताएपछि तालीवाानको तर्फबाट यस्तो निर्देशन आएको हो ।

राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त मिशेल बाचेलेटले अफगानी महिलाहरु खतराकोे घेरा भित्र रहेको दाबी गरेका छन् ।

प्रवक्ता मुजाहिदले अमेरिकाले बिना कारण अफगान नागरिकहरुलाई देश छोड्न प्रोत्साहित गरेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न चेतावनी समेत दिएका छन् ।

मुजाहिदले अफगानिस्तामा कोही पनि असुरक्षित नरहेको भन्दै अमेरिकालाई उद्धार कार्य तत्काल बन्द गर्न चेतावनी दिएका छन् ।