काठमाडौ, भाद्र ८ । पार्टी विभाजनपछि पहिलो पटक बसेको नेकपा एमालेको स्थायी समितिको बैठकले पार्टीका प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीहरूलाई २०७५ सालको जेठ २ गते को अवस्थामा फर्काएको छ । माधवकुमार पक्षका १० स्थायी कमिटी सदस्यहरूसहित बसेको स्थायी समिति बैठकले पार्टीलाई तीन वर्ष अघिकै अवस्थामा क्रियाशील हुन निर्देशन दिएको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो दिए ।
यस्तै बैठकले जेठ २ गतेलाई आधार मानेर पार्टीको सदस्यता नविकरण गर्ने भएको छ । यस्तै बैठकले पार्टीको विधान महाधिवेशन असोज ४ गतेदेखि ६ गतेसम्म र महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म गने निर्णय गरेको छ ।
बैठकले असार २७ गते तयार गरेको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने, पार्टी एकताका लागि सबैलाई आह्वान गर्ने र भदौ १० गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको ज्ञवालीले बताए । पार्टी विभाजनपछिको अवस्था र छुट्टिएर गएको समूहसगको सम्बन्ध लगायतमा स्पष्ट पार्न एमालेले भोलि पत्रकार सम्मेलन गर्ने जनाएको छ ।
यसैबीच एमालेले माधव नेपालले गठन गरेको नया पार्टीसग तत्काल एकता नहुने स्पष्ट पारेको छ । विगत ८ महिना पार्टी भित्र रहदा भएका कुनै पनि गतिविधी र क्रियाकलापका विषयमा छुट्टिएर जाने समूहसग कुनै पूर्वाग्रह नराखिने र भेदभाव नहुने निर्णय समेत बैठकले गरेको प्रवक्ता ज्ञवालीले बताए।