आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

निर्वाचन आयोगद्वारा सनाखतको कार्यतालिका सार्वजनिक, भोलि साढे ११ बजेबाट सुरु

मंगलबार, भाद्र ८ २०७८

काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि भोलि बोलाएको छ ।

आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । विहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ ।

आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएपछि दुबै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो ।