आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सभामुख सापकोटाको दाँतको सर्जरी सम्पन्न

मंगलबार, भाद्र ८ २०७८

काठमाडौ, l सभामुख अग्निप्रसाद सापकोटाको दाँतको माइनर सर्जरी गरिएको छ । आज विहान ११ : ४० बजे वीर अस्पतालको डेन्टल विभागमा उनको माइनर ओरल सर्जरी गरिएको हो । सर्जरी गरेर उनको दायाँ पट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो ।

डेन्टल विभागकी प्रमुख डा.शैली प्रधान, डा.किशोर भण्डारी लगायतको चिकित्सकहरुको टोलीले चेकजाँच पश्चात सफलता पूर्वक सर्जरी गर्नु भएको हो । सभामुख सापकोटाको दाँतमा समस्या आएपछि एक महिना अघि सर्जरीको समय लिइएको थियो । सर्जरीमा संलग्न चिकित्सकहरुले उपचार प्रक्रिया जारी रहेको बताएका छन् ।

Capture.JPG

सभामुख सापकोटा चिकित्सकको सुझाव अनुसार निवासमा आराम गरिरहनु भएको छ । सभामुखले उपचारमा संलग्न चिकित्सकहरुको टोलीलाई धन्यवाद ज्ञापन गरेकाछन ।