बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत, एमालेद्वारा बैठक बहिष्कार

सोमबार, भाद्र ७ २०७८

काठमाडौं, भाद्र ७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । एमालेले संसद बहिष्कार गरेपछि   चलेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले ४२ मत पाए ।

विश्वासको मत पाउन ४१ मत आवश्यक पर्छ । विपक्षमा कुनै पनि मत खसेको छैन ।  आजको बैठक एमालेले भने बहिष्कार गरेको  छ । सांसद अजय शाही र विमला वली एमालेकै सांसद भएको र उनीहरूलाई एमालेले कारबाही गरे पनि सभामुखले पदमुक्तको सूचना ननिकालेको भन्दै एमालेका सांसदहरूले आजको पहिलो बैठक नाराबाजी गर्दै बैठक अवरोध गरेका थिए ।

तर दोस्रो बैठक र तेस्रो बैठक एमालेले बहिष्कार गरेको थियो  । एमालेले बहिष्कार गरेपछि तेस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन् ।