बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

टिकापुर घटनाको ६ वर्ष पूरा, थारु कल्याणकारी सभाले विद्रोह दिवस मनाउदै

सोमबार, भाद्र ७ २०७८

काठमाडौं, भाद्र ७ । कैलालीको टीकापुरमा  थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच  झडप हुँदा आठ जनाको मृत्यु भएको आज ६ बर्ष पूरा भएको छ ।

२०७२ भदौ ७ मा भएको  हिंसात्मक घटनामा प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका पाँच जना तथा सशस्त्र प्रहरीका दुई र एक बालक सहित आठ जनाको मृत्यु भएको थियो ।

 हिंसात्मक झडपका क्रममा घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागि मृत्यु भएको थियो । उनी सहायक हबल्दार नेत्र साउदका छोरा हुन ।

सीमांकनको विरोधमा आन्दोलनरत थरुहट र थारुवान संयुक्त संघर्ष समितिले सरकारी कार्यालयहरुमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रम अन्तरगत उनीहरु टिकापुर तर्फ बढ्दै गर्दा रोक्न गएको प्रहरी माथि आक्रमण भएको थियो ।

आठ जनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरीलाई पकाउ गरिएको थियो । हाल उनी केन्द्रीय कारगारमा   छन ।

घटनापछि सत्यतथ्य पत्ता लगाउन बनाइएको लाल आयोगले प्रतिबेदन पेश नगरेको भन्दै थरुहटका नेताहरूले आफ्ना नेता तथा कार्यकर्तालाई झुटो आरोपमा फसाइएको बताउँदै आएका छन ।

यस्तै थारू कल्याणकारिणी सभा कैलाली र थरूहट थारूवान मोर्चा कैलालीले टीकापुर विद्रोह दिवस मनाउने जनाएको छ । 
सभाले आज साँझ ८ बजे देखि आधा घण्टा जिल्लाव्यापी बत्ती निभाउने (ब्ल्याक आउट) मोर्चाका संयोजक लक्ष्मण थारूले बताए।