आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

माओवादी केन्द्र संगठन सुदृढीकरणमा केन्द्रित, को को भए प्रदेश इन्चार्ज ?

सोमबार, भाद्र ७ २०७८

काठमाडौं, भाद्र ६ । नेकपा माओवादी केन्द्रले  प्रदेश इन्चार्ज  र जिल्ला इन्चार्ज तोकेको छ ।   पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो ।  दुई दिनसम्म बसेको  बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भयो । जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई नै दिइएको श्रेष्ठले  बताउनुभयो ।

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई केन्द्रविन्दुमा राखेर वडा अधिवेशन, पालिका अधिवेशन र त्यस पछाडि प्रदेश अधिवेशन गर्ने सम्बन्धमा पनि पार्टीको निर्वाचन आयोग सक्रिय बनाएको छ ।   बैठकले पार्टीलाई व्यवस्थित र विधिसङ्गत रूपले सञ्चालन गर्दै अन्य कम्युनिस्ट शक्तिहरूसँग एकता र ध्रुवीकरणका लागि वार्ता गर्न पहल गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो  । 

प्रदेश नं एकमा दुइ जनाले चाहना राखेपछि त्यहा टुंगिएको छैन । प्रदेश २ मा स्थायी कमिटी सदस्य गणेश शाहलाई इन्चार्ज तोकिएको छ ।   बागमति प्रदेशमा हितमान शाक्यले इन्चार्जको जिम्मेवारी पाएका छन् । गण्डकी प्रदेशमा हितराज पाण्डेलाई इन्चार्ज बनाइएको छ ।  लुम्बीनी प्रदेशमा चक्रपाणि खनाल , कर्णाली प्रदेशमा शक्ति बस्नेत इन्चार्ज तोकिएका छन् । त्यसै सुदुरपश्चिम प्रदेमा खगराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

प्रदेश नं १ मा भने सुरेन्द्र कार्की र सावित्री काफ्ले मध्ये कसलाई इन्चार्ज बनाउने भन्नेमा टुंगीएको छैन ।