आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञा थप्ने या हटाउने विषयमा भोलि निर्णय गरिने

आइतबार, भाद्र ६ २०७८

काठमाडौं, भाद्र ६ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने या हटाउने भन्ने विषयमा भोलि निर्णय हुने भएको छ ।  भोलि बिहान काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले संक्रमण विस्तारको अवस्था हेरेर थप निर्णय गरिने   काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

पछिल्लोपटक साउन २८ गते काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञा भदौ ८ गते सकिँदैछ । पछिल्लो निषेधाज्ञामा राति ८ बजेदेखि बिहानसम्म निजी तथा सार्वजनिक सवारी साधन चलाउने नपाइने निर्णय गरिएको थियो । पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणदर बढ्दै गएकोले जारी निषेधाज्ञा थप हुनसक्ने अनुमान गरिएको छ ।

उपत्यकाका तीन जिल्ला प्रशासनले गत वैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा लगाउदै आएका छन् ।