काठमाडौं, भाद्र ६ । निर्वाचन आयोगले एमालेको पछिल्लो पटक केन्द्रिय सदस्य थपेर पठाएको केन्द्रिय कमिटीलाइ मान्यता नदिने भएको छ । आयोगले कानुन अनुसार नेकपा एमाले दर्ता हुँदाको बखतमा रहेको केन्द्रीय सदस्य संख्याबाट नै माधव नेपाल पक्षलाई सनाखत गराउने भएको छ । अर्थात् यसअघि आयोगमा बुझाइएको २ सय ३ सदस्यीय केन्द्रिय कमिटीलाइ मान्यता दिइने भएको हो ।
कानुन अनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने आयोगको भनाई छ । माधव नेपाल समूहले नया पार्टी खोल्ने तयारी गरेसगै अध्यक्ष केपी ओलीले गत भदौ १ गते २०३ सदस्य केन्द्रीय समितिलाई अद्यावधिक गरेर २६० बनाइ निर्वाचन आयोगमा पठाएका थिए ।
तर, आयोगले नेता नेपालले आयोगमा दल दर्ताको लागि निवेदन दिएको अवस्थामा एमालेको २०३ सदस्यीय साबिककै केन्द्रीय कमिटीलाई मान्यता दिने भएको हो । आयोगले नेपाललाई फरक पार्टी ‘नेकपा एकीकृत समाजवादी’ दर्ताको लागि सनाखत गर्न आगामी भदौ ९ गते बोलाएको छ ।
नेपालले फरक पार्टी बनाउन अब २०३ सदस्य संख्याको २० प्रतिशत पुर्याए नया पार्टी गठन हुने छ । ४१ केन्द्रिय सदस्य भए नेपालले दर्ता गरेको नेकपा एकीकृत समाजवादीले वैधानिकता पाउने छ ।