काठमाडौं, भाद्र ६ । कार्यविभाजन तथा पार्टीको सम्मेलन लगायतमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । कोटेश्वरको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यसअघि हिजो बसेको माओवादी स्थायी कमिटीको बैठकमा नेताहरूको कार्यविभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका विषयमा आज निर्णय गर्ने बताएको थियो ।
आज बस्ने बैठकले नेताहरूको कार्यविभाजन टुंगो लगाउने बताईएको छ । माओवादीले यही पुस ११ देखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । नेकपा विघटन भएपछि माओवादी संगठन पुर्नगठन र विस्तारमा पछिल्लो समय सक्रिय बन्दै गएको छ ।