काठमाडौं, ६ । देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । मनसुनी गतिविधि सक्रिय रहेकाले गएको २४ घण्टामा सातै प्रदेशमा हल्कादेखि मध्यम खालको पानी परेको हो ।
अहिले भने वाग्मती प्रदेश र प्रदेश नम्बर १ मा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले बताए । मौसम विज्ञान विभागका अनुसार आज दिउँसो वाग्मती, गण्डकी प्रदेशसहित प्रदेश १ का धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने छ । राति भने प्रदेश १ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
मौसमविद्ले अबको केही दिन देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने बताएका छन् ।