आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

अध्यक्ष ओलीले १० बुँदे सहमति पालना नगरे माधव नेपाललाई कार्यकर्ताले सही भन्नु पर्ने अवस्था आउन सक्छ

शनिबार, भाद्र ५ २०७८

काठमाडौँ । एमाले विभाजनमा माधवकुमार नेपालको साथ छाडेकाहरुले ५ दिन भित्रमा अध्यक्ष केपी ओलीले १० बुँदे सहमतिको कार्यान्वयन गर्नु पर्नेमा जोड दिँदै नयाँ पार्टी दर्ताबाट पछाडि हट्न नेता नेपाललाई आग्रह गरेका छन् ।

काठमाडौँको बसुन्धरास्थित एक पार्टी प्यालेसमा केन्द्रीय सदस्य र सांसदहरुको सामूहिक छलफलले यस्तो निष्कर्ष निकालेको  नेता गोकर्ण बिष्टले जानकारी दिए ।  आगामी ५ दिनभित्रमा अध्यक्ष ओलीले १० बुदे सहमतिको कार्यान्वयनमा उदाशिनता देखाए कार्यकर्ताले माधव नेपाललाइ नै सही भन्नु पर्ने अवस्था आउने तर्फ ओलीको ध्यानाकर्षण गराउने भएका छन् ।  

यसअघि कार्यदलले बनाएको १० बुँदे सहमति, तल्लो तहसम्म कार्यान्वयन नगरे, एकताकालागि च्याप्टर क्लोज हुने  बैठकमा सहभागी राजबहादुर बुढाले बताए ।  त्यस्तै उनीहरुले  दल विभाजन गर्न ल्याइएको अध्यादेशको विरोध पनि जारी राख्ने निष्कर्ष निकालेका छन् ।  

एमालेलाइ विभाजनबाट रोक्न अध्यक्ष केपी ओली बढी लचक र जिम्मेवार हुनपर्ने उनीहरुको भनाइ छ।

बैठकपछि उपाध्यक्ष भीम रावलले संयुक्तरुपमा केपी ओली र माधव नेपाललाई छुट्टाछुट्टै भेटेर भेलाको सामूहिक निर्णय सुनाउने बताए ।