काठमाडौं, भाद्र ४ । तालिबानले अफगानिस्तान नियन्त्रण लिएपछिको स्थितिबारे छलफल गर्न नेटोका विदेश मन्त्रीहरुको आकश्मिक बैठक बस्न लागेको छ ।
तालिबानले नेटो फौज र अफगानिस्तानको पूर्व सरकारका लागि काम गरेकाहरुलाई खोजी गर्न थालेको गोप्य प्रतिवेदन आएपछि, नेटोका मन्त्रीहरुवीच बैठक बस्न लागेको हो ।
सो रिपोर्ट अनुसार, तालिबानले नेटो र पूर्व सरकारका लागि काम गरेकाहरुको सूची तयार पारेर, आत्म समर्पण नगरेदेखि पक्राउ गर्नेदेखि आफन्तहरुलाई धम्की दिने गरेका छन् ।