आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

माओवादी केन्द्रका अध्यक्ष दाहाल अचानक अस्वस्थ्य

शुक्रबार, भाद्र ४ २०७८

काठमाडौं, भाद्र ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिरामी भएका छन् । हिजो बेलुकादेखि अध्यक्ष दाहाललाई असजिलो भएका कारण घरमै आराम गरेर बसेको दाहालको सचिवालयले जनाएको छ ।

हिजो माओवादी केन्द्रका नेता बामदेव क्षेत्रीको पुस्तक विमोचनका क्रममा समेत अध्यक्ष दाहालले आफूलाई बिसन्चो हुदाहुदै पनि कार्यक्रममा आएको बताएका थिए ।

दाहाललाई  रुघा, खोकी र ज्वरो देखिएपछि परिक्षण गरिएकोमा  कोरोना नेगेटिभ देखिएको सचिवालयले जनाएको छ । चिकित्सकका अनुसार दाहाललाई  भाइरल ज्वरो आएको बतएका छन् । पछिल्लो समय राजनीतिक गतिविधी बढाएका दाहालले आज भने कसैसग भेट नगरेको उनको सचिवालयले जनाएको छ ।