आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पूर्ण डोज खोप लगाउनेको संख्या झण्डै ३८ लाख, मृत्युदर १ दशमलव ४० प्रतिशतमा सिमित

शुक्रबार, भाद्र ४ २०७८

पछिल्लो २४ घण्टामा मुलुकमा ३ हजार ४२ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६ सय ५४ नमुना  परीक्षण गर्दा तीन हजार बढिमा संक्रमण भेटिएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । यो सगै मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ । कोभिडबाट निको हुने क्रम पनि सुधारोन्मुख रहेको मन्त्रालयको भनाई छ ।

पछिल्लो अवधिमा २ हजार २ सय ४४ जना निको भएका छन् । कूल निको हुनेको संख्या ६ लाख ९३ हजार ५४३  पुगेको छ । सक्रिय संक्रमित संख्या ४० हजार ३०९ पुगेको छ । 

उपत्यकामा आज ८ सय ९८ जना संक्रमित थपिएका छन् ।

पीसीआर परीक्षण गर्दा कूल संक्रमितको संख्या ७ लाख ४४ हजार ३०७ र एन्टीजेन परीक्षणमा ७९ हजार ३४० संक्रमित पुष्टि भएका छन् ।

त्यस्तै,  कूल मृत्युदर १ दशमलव ४० प्रतिशत, कूल सक्रिय संक्रमित संख्या ५ दशमलव ४२ प्रतिशत र कूल निको हुने प्रतिशत ९३ दशमलव १८ प्रतिशत छ । पूर्ण डोज खोप लगाउने संख्या ३७ लाख ९९ हजार पुगेको मन्त्रालयले जनाएको छ ।