बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आजदेखि विद्यार्थीलाई खोप

शुक्रबार, भाद्र ४ २०७८

काठमाडौं, । काठमाडौं महानगरपालिकाले आज (शुक्रबार) देखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने भएको छ ।

महानगरले आजदेखि १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई खोप दिन लागेको हो ।

KTM-Mahanagr.jpg

यस्तै आजदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने महानगरले जनाएको छ । महानगरका अनुसार खोप अभियान महानगरका ३२ वटै वडामा भदौ ४, ५, र ८ गते सञ्चालन हुनेछ ।