काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको अध्यादेशलाइ यसअघिको केपी ओली सरकारले ल्याएको अध्यादेशसग तुलना गर्न नमिल्ने बताएका छन् ।
समाजवादी केन्द्रले काठमाण्डौमा गरेको कार्यक्रममा प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र मास्ने हिसाबले अध्यादेश ल्याएको थियो भने अहिले सरकारले ल्याएको अध्यादेश लोकतन्त्र बचाउनका लागि आएको जिकिर गरेका हुन् ।
ओली सरकारले दल फुटाउन सहज हुने गरी ल्याएको अध्यादेश र अहिलेको सरकारले ल्याएको अध्यादेशलाई एउटै हिसाबले बुझ्न नहुने प्रचण्डको भनाइ छ ।
पहिलेको र अहिलेको अध्यादेशमा आकाश–जमिनको फरक रहेको प्रचण्डको जिकिर छ । अर्को प्रसंगमा प्रचण्डले माधव नेपाल अध्यक्ष रहेको एमाले समाजवादी पार्टीले कानुनी मान्यता पाउने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताए । प्रचण्डले यसकालागि माधव नेपालसँग छलफल भइसकेको जानकारी दिए ।