काठमाण्डौं, भाद्र ३ । अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुलबाट सबै नागरिकको उद्धार नभएसम्म आफ्नो सेना अफगानिस्तानमै रहने बताउनुभएको छ ।
अगष्ट ३१ तारिखसम्म सबै सैनिक फिर्ता गरिने भनिएपनि आफ्ना नागरिकको उद्धार नभएमा सो मितिभन्दा परसम्म पनि बस्न सकिने उहाँको भनाई छ ।
बुधबारसम्म पाँच हजार मानिसलाई ओसारिसकिएको छ ।
तालिबानले सरिया कानुन लागु गरिछाडने बताइरहेका बेला दैनिक काबुलस्थित विमानस्थलमा विदेश जान खोज्नेको भिड लाग्दै आएको छ ।