आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

अफगानिस्तानबाट नेपाली फर्कने क्रम जारी, अप्ठ्यारोमा परेकालाइ भाइबर र ह्वाट्सएपमा जोडिन मन्त्रालयको आग्रह

बिहिबार, भाद्र ३ २०७८

काठमाण्डौं, भाद्र ३ । अफगानिस्तानबाट नेपाली फर्किने क्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
हाल अमेरिका, बेलायत लगायत मुलुकहरुले पनि आफ्ना नागरिक तथा देश छाडन चाहने अफगानीहरुलाई उद्धार गरिरहेका छन् । 
हालसम्म दुई सय ८८ जना नेपाली स्वदेश फर्किएका छन् ।

यस्तै दुई सय ९६ जनाले अनलाइनमा दर्ता गरेर फर्किन चाहेका मध्ये १६ जना स्वदेश आइसकेका छन् ।
अफगानिस्तानमा उद्धारको लागि काबुलमा रहेका सुरेश चन्द्र शर्मा लाई भाइबर र ह्वाट्सएपमा जोडिएको नम्बर पनि मन्त्रालयले वेभसाइटमा राखेको छ ।