काठमाण्डौ, भाद्र २ । कोभिडविरुद्धका फाइजर र अस्त्रजेनेका खोपले अहिले पनि डेल्टा भेरियन्टविरुद्ध राम्रो सुरक्षा दिएको नयाँ अनुसन्धानले देखाएको छ ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयले तथ्यांक विभागसँग मिलेर गरेको अध्ययनले यस्तो नतिजा दिएको हो ।
नतिजा अनुसार सुरुवातमा लक्षण देखिएकालाई फाइजरको नतिजा राम्रो हुने तर छिटै घटदै जान्छ । अस्त्रजेनेकाको खोप सुरूमा कम प्रभावकारी भएपनि लामो समयसम्म सुरक्षा दिने देखिएको छ ।
यसैबीच विश्व स्वास्थ्य संगठनले गरिब देशमा कसैले पनि खोप नपाउने अवस्थामा तेस्रो डोजबारे नसोच्न धनी देशहरुलाई आग्रह गरेको छ ।
संगठनका आपतकालीन कार्यक्रम निर्देशक डाक्टर माइकल रायनले एकैठाउँ मात्रै धेरै खोप लगाउँदा महामारी अन्त्य गर्न समय लाग्ने बताउनुभयो ।