आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पहिरोले घर पुरिदा रसुवामा एकै परिवारका तीनजनाको मृत्यु ,एक बेपत्ता

बिहिबार, भाद्र ३ २०७८

काठमाण्डौं, भाद्र ३ । दक्षिणी रसुवाको कोलडाँडामा पहिरोले एउटा घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोमा परी एक जना बेपत्ता भएका छन् ।निरन्तरको वर्षापछि आएको पहिरोले नौकुण्ड गाउँपालिका–५ कोलडाँडामा गएराती श्यामबहादुर घलानको घर परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

पहिरोमा परी श्यामबहादुरकी श्रीमती ३२ वर्षीया कमला घलान, ११ वर्षीया सोकिता घलान, ८ वर्षीया सुकुमाया घलान र ७ वर्षीय आशिष घलानको पुरिएका हुन् ।  पुरिएकामध्ये श्यामबहादुरकी श्रीमती कमला र दुई बच्चाको शव फेला परिसकेको र अर्को एक जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । घाइते श्यामलाइ   उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको   प्रहरीले जनाएको छ ।

घटनास्थल सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिणमा पर्छ ।