बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शाक्य बनिन् मुलुककै पहिलो महिला मुख्य मन्त्री

बिहिबार, भाद्र ३ २०७८

काठमाण्डौं, भाद्र २ । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्न सफल भएकी छन। गुट परिवर्तन गरि अध्यक्ष केपी ओलीसग आएपछि मुख्य मन्त्रीकालागि शाक्यलाइ बाटो खुलेको हो ।

आज साझ शाक्यलाइ प्रदेश प्रमुख विष्णु प्रसाईंले वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । 
 प्रमुख प्रसाईले संविधानको धारा १६८ को उपधारा १ अनुसार  शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शाक्यलाइ आजै वाग्मती प्रदेश एमाले संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरिएको थियो । 

मुख्यमन्त्री डोरमणि पौडेलले शाक्यकालागि कुर्सी खाली गर्न आजै एमाले संसदीय दलको नेता र मुख्यमन्त्री दुवै पदबाट राजीनामा दिएका थिए ।   पौडेलकै प्रस्तावमा शाक्यलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरिएक थियो ।