आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

चाहेर पनि एमाले जोगाउन नसकेको नेता नेपालको स्पष्टोक्ति

बिहिबार, भाद्र ३ २०७८

काठमाण्डौ, भाद्र २ । नेकपा एमाले छाडेर नेकपा एमाले समाजवादी गठन गरेका माधवकुमार नेपालले केपी शर्मा ‌ओलीले नचाहेपछि पार्टी एकता टिक्न नसकेको बताएका छन् । आज साँझ एक अपिल जारी गर्दै उहाले आफुले चाहेर पनि पार्टी एकता जोगाउन नसकेको स्पष्टिकरण दिएका हुन् ।

पार्टी एकता जोगाउन निरन्तर प्रयास गरे पनि ओलीले कुनै हालतमा एकता गर्न नचाहेपछि अलग पार्टीको विकल्प नरहेको उल्लेख गरेका छन् ।  
जारी अपिलमा  नेता नेपालले जति लचक भएपनि ओली  कुनै हालतमा पनि एकताको पक्षमा नभएपछि  आफ्नो प्रयत्न खेर गएको  जिकिर गरेका छन् । 

नेता नेपालले एमालेको यो अवस्था आउनुमा ओली मुख्य दोषी रहेको आरोप लगाएका छन् ।