आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

२४ वर्षपछि एमाले औपचारिकरुपमा फुट्यो, माधव समूहको नयाँ दल /एमाले समाजवादी

बिहिबार, भाद्र ३ २०७८

काठमाडौँ, भाद्र २ । नेकपा एमाले औपचारिक रुपमा फुटेको छ ।  नेता माधव नेपालले नेकपा एमाले समाजवादी नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै एमाले २४ वर्षपछि विभाजित भएको हो । पार्टी अध्यक्ष केपी ओलीसँग राजनीतिक मनमुटाव भएपछि नेपालसहितका नेताहरुले अलग्गै दल बनाउने निर्णय गरेका हुन् । 

नेपाल र जसपाको महन्थ ठाकुर पक्षलाई दल दर्ता गराउन सरकारले दल विभाजनसम्बन्धि अध्यादेश  ल्याएको थियो ।

नेपाल समूहले नयाँ दलको नाम नेकपा एमाले समाजवादी राख्दै चुनाव चिह्न भने यकिन गरिसकेको छैन । यद्यपी चिन्ह खुल्ला किताब राख्ने भन्नेमा छलफल भइरहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार नया पार्टीको अध्यक्षमा माधव नेपाललाइ राखिएको छ भने बरिष्ठ नेताका रुपमा झलनाथ खनाललाइ राखिएको छ ।

नया पार्टीको केन्द्रिय कमिटी ९५ सदस्यको छ । पाण्डेका अनुसार साविकको एमालेबाट नया पार्टीमा ५३ केन्द्रिय सदस्य आउने छन् भने ३१ सांसदको समर्थन रहेको छ ।