बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पार्टीविहिन बनेका ठाकुरको नयाँ पार्टी जसपा लोकतान्त्रिक, चुनाव चिन्ह साइकल

बुधबार, भाद्र २ २०७८

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाको आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निवदेन दिनु भएको छ ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरु जसपा लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन् ।

नेता शरदसिंह भण्डारीका अनुसार नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर रहनु हुनेछ  भने राजेन्द्र महतो वरिष्ठ नेता बन्नु हुनेछ । उनीहरुसहित २५ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ, जसमध्ये रेशम चौधरीसहित १५ जना सांसद छन् ।

ठाकुर पक्षले नयाँ दलको चुनाव चिह्नमा साइकल प्रस्ताव गरेको छ ।